२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाली स्टार्सलाई उपाधि

नेपाली स्टार्सलाई उपाधि

डलास । नेपाली समाज टेक्ससको आयोजनामा भएको क्रिकेट प्रतियोगिता नेपाली स्टार्सले जितेको छ । फाईनलमा डलास नेपलिज एघारलाई ७ विकेटले उपाधि जितेको हो । समाजका सचिव नारायण केसीका अनुसार फाईनलमा डलास नेपलिज एघारले अलआउट हुनुअघि ९३ रन बनाएको थियो । ९४ रनको लक्ष्य नेपाली स्टार्सले १२ दशमलव १ ओभरमा प्राप्त गरेको थियो । विजेता टोलीले नगद ५ हजार प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij