काठमाडौँ- आज (सोमबार) प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन्।
त्यसका लागि आज दिउँसो १ बजे संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बस्दै छ।
बैठकमा बजेटबारे अर्थमन्त्री डा. महतले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
यही जेठ १५ गते संसद्मा प्रस्तुत बजेटबारेको छलफल आइतबार सकिएको हो। यस क्रममा सांसदले उठाएका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्रीले आज दिने भएका हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij