२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कतारका प्रधानमन्त्रीलाई विपिन जोशीको रिहाइका लागि पहल गरिदिन नेपालको आग्रह

कतारका प्रधानमन्त्रीलाई विपिन जोशीको रिहाइका लागि पहल गरिदिन नेपालको आग्रह

काठमाडौं । नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारलाई आग्रह गरेको छ । कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले सोमबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

जवाफमा कतारका प्रधानमन्त्रीले जोशीको रिहाइका लागि सबै प्रयास भइरहेको जानकारी दिएका थिए । भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

गत असोज २० गतेदेखि बेपत्ता भएका जोशी हमास समूहको कब्जामा रहेको बताइएको छ । यसअघि आइतबार परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीजसँग पनि जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए । जवाफमा विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij