२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

संसद्को महासचिवबाट गौतमको राजीनामा, पाण्डेय सिफारिस

संसद्को महासचिवबाट गौतमको राजीनामा, पाण्डेय सिफारिस

काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । २०७७ वैशाख २२ गते उनी महासचिव पदमा नियुक्त भएका थिए । गौतमले राजीनामा दिएपछि महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ ।

उनको राजीनामा स्वीकृत भएसँगै सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij