२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिकामा नेपाली विद्यार्थीहरूको ऐतिहासिक सफलतास् दुई ‘भ्यालेडिक्टोरियन’, एक ‘सल्युटेटोरियन’

अमेरिकामा नेपाली विद्यार्थीहरूको ऐतिहासिक सफलतास् दुई ‘भ्यालेडिक्टोरियन’, एक ‘सल्युटेटोरियन’

  1. अमेरिकामा नेपाली विद्यार्थीहरूको ऐतिहासिक सफलतास् दुई ‘भ्यालेडिक्टोरियन’, एक ‘सल्युटेटोरियन’
    अमेरिका । अमेरिकाका विभिन्न राज्यमा अध्ययनरत नेपाली मूलका विद्यार्थीहरूले विद्यालयस्तरीय परिक्षामा उत्कृष्टता देखाएका छन् । शैक्षिक सत्र २०१५ २०२६मा उनीहरुले उल्लेखनीय सफलता हासिल गरेका छन्। खासगरी विद्यलय शिक्षा पार गर्दै कलेज र विश्वविद्यालय जाने चरणमा तीनजना नेपाली विद्यार्थीले विद्यालयकै उच्चतम शैक्षिक सम्मान प्राप्त गर्दै समुदायको गौरव बढाएका छन्।

    अलाबामाको म्याडिसनस्थित बब जोन्स हाई स्कूलका अर्नभ मास्के ‘भ्यालेडिक्टोरियन’ बन्न सफल भएका छन्। उत्कृष्ट शैक्षिक उपलब्धिसँगै उनले हार्भर्ड विश्वविद्यालयमा अध्ययनको अवसर प्राप्त गरेका छन्। अर्नभ शैक्षिक रूपमा मात्र होइन, खेलकुदमा पनि सक्रिय छन् र हार्भर्ड विश्वविद्यालयको पुरुष फुटबल टोलीमा समेत चयन भएका छन्, जसले उनको बहुआयामिक प्रतिभा झल्काउँछ।

    सोही विद्यालयकी अर्की प्रतिभाशाली विद्यार्थी निर्वाणा राजभण्डारीले ‘सल्युटेटोरियन’ को उपाधि हासिल गरेकी छन्। उनले युनिभर्सिटी अफ अलाबामा एट बर्मिङ्घम मा ‘प्रि(मेड’ अध्ययन गर्ने तयारी गरेकी छन्, जहाँबाट भविष्यमा चिकित्सा क्षेत्रमा करिअर बनाउने लक्ष्य राखेकी छन्। उनका पिता रोबिन राजभण्डारी ट्राइगन साइबरमा इन्जिनियरिङ विभागका उपाध्यक्ष तथा माता रोसी राजभण्डारी प्यारी ल्याब्समा प्रोजेक्ट इन्जिनियरका रूपमा कार्यरत छन्।

    यसैबीच, टेक्सासबाट पनि नेपाली समुदायका लागि गर्विलो खबर आएको छ। चितवनको भरतपुर महानगरपालिका–११ मा जन्मिएका आदर्श रेग्मी टेक्सासको रक हिल हाई स्कूलमा ‘भ्यालेडिक्टोरियन’ बन्न सफल भएका छन्। सयौँ विद्यार्थीहरूबीच उत्कृष्ट स्थान हासिल गरेका उनले दीक्षान्त समारोहमा सम्बोधन गर्दै निरन्तर प्रयास, धैर्यता र लक्ष्यप्रतिको प्रतिबद्धताले सफलता दिलाउने उल्लेख गरे।

    सन् २०१४ मा परिवारसँगै अमेरिका आएका आदर्शले नयाँ भाषा, फरक शिक्षा प्रणाली र परिवेशका चुनौतीहरू पार गर्दै यो उपलब्धि हासिल गरेका हुन्। उनले आफ्नो सफलताको श्रेय आमाबुबा, शिक्षक र साथीहरूलाई दिएका छन्।

    एकैपटक तीनजना नेपाली मूलका विद्यार्थीले अमेरिकी विद्यालयहरूमा उच्चतम शैक्षिक सम्मान हासिल गर्नु नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। हार्भर्डमा अध्ययन गर्ने अर्नभ, चिकित्सा क्षेत्रमा अघि बढ्ने लक्ष्यसहितकी निर्वाणा, र टेक्सासमा उत्कृष्टता कायम गरेका आदर्श—यी सबै नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत बनेका छन्।

    यी उपलब्धिहरूले अवसर र समर्पण मिलेमा नेपाली युवाहरूले विश्वस्तरमा पनि उत्कृष्टता हासिल गर्न सक्छन् भन्ने सन्देश स्पष्ट रूपमा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij