२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

१९ वर्षपछि अध्यापनमा फर्किए कांग्रेस नेता डा. मिनेन्द्र रिजाल

१९ वर्षपछि अध्यापनमा फर्किए कांग्रेस नेता डा. मिनेन्द्र रिजाल

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल अध्यापन पेशामा फर्किएका हुन्। उनले आफू १९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।

काठमाडौंको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा बिहान ८ देखि १० बजेसम्म अध्यापन सुरु गरिएको उनले बताएका छन्।

रिजाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए।

उनले मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा टिकटसमेत नपाएपछि उनले सम्हालिरहेको तत्कालिन रक्षा मन्त्रालयबाट राजीनामा दिएका थिए।

उनलाई सभापति शेरबहादुर देउवाले केही साता अघिमात्र केन्द्रीय सदस्य मनोनीत गरेका थिए। अर्थशास्त्रको विज्ञ पनि हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij