२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

डिडिसीका कागजात सीआइबीको नियन्त्रणमा

डिडिसीका कागजात सीआइबीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार लैनचौर स्थित दुग्ध विकास संस्थान (सिसिसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिँदै अनुसन्धानपछि अन्य विषयहरू खुल्ने बताए।

प्रवक्ता श्रेष्ठले भने, “हामीसँग आइपुगेको विषयमा नियन्त्रणमा लिने, अनुसन्धान गर्ने काम सिआइबीको हो, अनुसन्धानका लागि कागजातहरु लिएका छौँ, अरु कुरा अनुसन्धानपछि नै थाहा हुन्छ ।”

डिडिसीले किसानको करोडौँ रकम भुक्तानी गर्न बाँकी छ । दैनिक एक करोड बक्यौता भुक्तानी थालिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij