काठमाडौं । सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी सिरहाको आदर्श कन्स्ट्रक्सन कम्पनी, कास्कीको त्रिवेणी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई कालोसूचीमा राखिएको जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij