२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

डीएलएमा इतर समूह हाबी :अध्यक्षमा केसी, महासचिवमा अधिकारी निर्वाचित

डीएलएमा इतर समूह हाबी :अध्यक्षमा केसी, महासचिवमा अधिकारी निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसनिकट लोकतान्त्रिक लएर्स एशोसियसन (डीएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन्। चितवनमा सम्पन्न ११औं महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन्।

केसीले ४ जना प्रत्यासीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन्। उनले ६५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी लक्ष्मी देवी दाहाल रावतले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भुषणले ५३ मत पाए।

महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भए। उनले ३९५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धीले पूर्णप्रकाश बस्नेतले २३६ मत पाए। उपाध्यक्षमा ३१५ मतका साथ जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा ६१९ मतका साथ कविता थापा कार्की विजयी भइन्।

यस्तै प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेशबाट रामान्द साह, गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन्। बागमतीबाट जनकराज श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भए।

खुला सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना निर्वाचित भएका छन् भने कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन्।

निर्वाचित हुने अधिकांश शेखर समूहका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij