२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

केन्द्रीय कारागारबाट फरार कैदी न्यूरोडबाट पक्राउ

केन्द्रीय कारागारबाट फरार कैदी न्यूरोडबाट पक्राउ

काठमाडौं । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति तामाङलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले तामाङसहित उनलाई भाग्न सहयोग गर्ने समिर श्रेष्ठलाई समेत पक्राउ गरिएको जानकारी दिए । शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् ।

६ वर्षीया बालिकाको अपहरण र हत्या गरेको अभियोगमा उनी जन्मकैदको सजाय भोगिरहेकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij