२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

दुम्सी मार्न जाने क्रममा आफैंले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

दुम्सी मार्न जाने क्रममा आफैंले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु

 

काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो । गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि–४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij