२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यही तरिकाले सरकारले निजी क्षेत्रसँग व्यवहार गर्ने हो भने अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछः सभापति थापा

यही तरिकाले सरकारले निजी क्षेत्रसँग व्यवहार गर्ने हो भने अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछः सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

बिहीबार पोखरामा पार्टीको विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै सभापति थापाले सरकारले निजी क्षेत्रका व्यक्तिहरूलाई प्रक्रिया र कानुन मिचेर प्रहरी लगाएर उठाउने गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सनकका भरमा निजी क्षेत्रसँग व्यवहार गर्दै गए अर्थतन्त्रमा यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

उनले भने, ‘राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने हामीले अर्थतन्त्रमा यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ । निजी क्षेत्रभित्र पनि गलत काम भएका होलान्, त्यसैले त कानुन चाहिन्छ, राज्य चाहिन्छ । न्याय, विवेक र करूणाका लागि पनि राज्य चाहिन्छ। तर मैले हिजो समाचार पढ्दै थिएँ– एउटा मन्त्रीजीलाई दुइटा निजी क्षेत्रका मानिससँग कुराकानी गर्न आवश्यक पर्यो, प्रहरी लगाएर उठाएर ल्याइदिने ? जसलाई मन लाग्यो त्यसलाई उठाइदिने ? यही तरिकाले सरकारले निजी क्षेत्रसँग व्यवहार गर्ने हो भने अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ।’

उनले निजी क्षेत्र पनि कानुनले बाँधिएको र केही परे कानुनअनुसार अघि बढ्नुपर्ने बताए । गल्ती गरेकालाई कानुनबमोजिम कारबाही गरे कांग्रेसले विरोध नगरेको र नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij