२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सुन तोलामा सात सयले घट्यो

सुन तोलामा सात सयले घट्यो

काठमाडौँ ।मङ्गलबारको तुलनामा नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको मोल भने १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७१० कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij