२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेशको संशोधन स्वीकृत गर्ने सरकारको निर्णय

विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेशको संशोधन स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने पनि निर्णय गरेको छ । बैठकले भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय भएको बताए ।

सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij