२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

२२ जना सशस्त्र प्रहरीद्वारा चुलु फार ईष्ट हिमाल आरोहण

२२ जना सशस्त्र प्रहरीद्वारा चुलु फार ईष्ट हिमाल आरोहण

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा संचालित उच्च भुभाग खोज तथा उद्धार तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले चुलु फार ईष्ट हिमालको सफल आरोहण गरेका छन् ।

तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक बाबुराम थापाको कमाण्डमा ४ जना प्रशिक्षकसहित १८ प्रशिक्षार्थीले २ जना शेर्पा गाइडको सहयोगमा मंगलबार बिहानको ६ः४५ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उक्त टोली बैशाख २७ गते मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका– ३ चुुलुबाट त्यसतर्फ प्रस्थान गरेको थियो भने बैशाख २८ गते राति २३ः०० बजेबाट हिमाल आरोहण शुरू गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij