२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ।   प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय इलामसँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो । बिटिएस टावर निर्माणपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो ।

फोरजी सेवा सञ्चालनमा आएसँगै अब दर्शनार्थीहरूले सहज रूपमा सञ्चार सेवा उपयोग गर्न सक्नेछन् । साथै, अनलाइन दान प्रणालीले भेटी व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

यो टावरबाट फक्ताङलुङ गाउँपालिकासहितका नागरिक लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij