२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

५४ नागरिक अगुवाले भने-सुरक्षाकर्मी परिचालन गरी सुकुम्बासी बस्तीमा डोजर चलाउनु मौलिक हकको ठाडो उल्लंघन

५४ नागरिक अगुवाले भने-सुरक्षाकर्मी परिचालन गरी सुकुम्बासी बस्तीमा डोजर चलाउनु मौलिक हकको ठाडो उल्लंघन

काठमाडौ । नागरिक अगुवाहरुले सरकारले काठमाडौँसहित देशका विभिन्न भागमा सुरक्षाकर्मी परिचालन गरेर सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको घटनालाई मौलिक हकको ठाडो उल्लघंन भएको बताएका छन् ।

शनिबार ५४ जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गरी सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी डोजर चलाउनुलाई विधिको बर्खिलाप भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कार्य संवैधानिक, कानुन र विधिको बर्खिलाप त छ नै त्यसले गम्भीर मावनीय, सामाजिक र आर्थिक संकट पनि निम्त्याएको छ । एक नाबालक र एक ज्येष्ठ नागरिकको मृत्यु हुनु केवल दुःखद घटना मात्र होइन, राज्यको चरम असंवेदनशीलता एवं मानव अधिकार उल्लघंनका दसी हुन्।’

उनीहरुले पूर्वसूचना नदिई, संवाद नगरी र उचित वैकिल्पक व्यवस्था नगरी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालन गरेर अमानवीय, क्रूर एवं आतंकपूर्ण तरिकाले सुकुम्वासीलाई हटाएको उनीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij