२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सर्लाहीमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

सर्लाहीमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

बरहथवा (सर्लाही) । जंगली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा) को मृत्यु भएको हो ।

बँदेलको आक्रमणबाट घाइते उनको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरी टोलीले मध्यराति नै घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको छ । जङ्गली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरेपछि थिङ केही दिनदेखि मकै रेखदेखका लागि खेतमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij