२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

लजमा आगलागी हुँदा कैलालीमा एक जनाको मृत्यु

लजमा आगलागी हुँदा कैलालीमा एक जनाको मृत्यु

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गएराति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ ।
सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो ।

लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij