२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कालिकोटमा जिप दुर्घटना : चालकसहित तीनजनाको मृत्यु

कालिकोटमा जिप दुर्घटना : चालकसहित तीनजनाको मृत्यु

काठमाडौं- कालिकोटको शुभकालीका गाउँपालिका–६, चिसापानीस्थित बेहुली पानतडी सडकखण्डमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप सडकदेखि १५० मिटर तल खसेको कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा जीप चालक शुभकालीका गाउँपालिका–२ बस्ने ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका गाउँपालिका–८ बस्ने ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय सलामी मगरको मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij