२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एकदिवसीय अभ्यास : आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

एकदिवसीय अभ्यास : आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले दिउँसो सवा १ बजे हुने खेलमा नेदरल्याण्ड्सको सामना गर्न लागेको हो। यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले सात विकेटले हराएको थियो।

त्यसैले पनि नेपाललाई जित निकाल्नैपर्ने दबाब छ। अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बावे जाने छ।

जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोली सहभागी छन्। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल परेको समूह एमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका छन् । समूह बीमा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन्।

नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको शुरुआत गर्नेछ। दोस्रो खेलमा २० जुनमा अमेरिका र तेस्रो खेल २२ जुनमा ​वेस्ट इन्डिजसँग खेल्ने तय भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसँग २४ जुनमा खेल्नेछ।

आ–आफ्नो समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij