२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विज्ञान तथा प्रविधिको विकासका लागि एक अर्बको कोष स्थापनाः प्रधानमन्त्री

विज्ञान तथा प्रविधिको विकासका लागि एक अर्बको कोष स्थापनाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिको विकासका लागि सरकार दृढ रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारका आफ्नै बाध्यता भएपनि ति बाध्यताका नाममा विज्ञान र प्रविधिको विकासमा पछि हट्ने छुट नरहेको बताएका हुन् ।

उनले भने, ‘म आफैं पनि विज्ञानको विद्यार्थी हुनुको नाताले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसकेका कारक तत्वहरु मैले राम्रोसँग महसुस गरेको छु ।’

विज्ञान तथा प्रविधिको विकासका लागि नेपाल सरकारले एक अर्बको कोष स्थापना गरि चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेको स्मरण गराउँदै उनले प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान युवाहरुलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौकामा थप अभिवृद्धि हुने विश्वास दिलाए ।

नाष्टको प्रविधि भवन र वायोमेडिकल रिसर्च ल्याब्रोटरीको भवन उद्घाटन गरेका प्रधानमन्त्री प्रचण्डले जनशक्ति, साधन, स्रोत र उपकरणको व्यवस्था मिलाउने कुरामा सरकारको तर्फबाट अधिकतम सहयोग हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij