२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।

गृहमन्त्री क्षेष्ठको गंगालाल हृदय केन्द्र बाँसबारीमा मंगलबार साँझ मुटुको एन्जिओप्लास्टी गरिएको थियो । एन्जियोप्लास्टी सर्जरी पश्चात गृहमन्त्री क्षेष्ठको सघन उपचार कक्षमा उपचार जारी रहेको बताइएको छ ।

मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थीर रहेको र डा. अरुण मास्केसहितको चिकित्सक टोलीको निगरानीमा उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij