२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा श्रम स्वीकृतिपत्रबाहेक कुनै पनि रसिद पेस गर्नु नपर्ने

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा श्रम स्वीकृतिपत्रबाहेक कुनै पनि रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि जाने नेपालीले वैदेशिक रोजगार विभागबाट जारी भएका श्रम स्वीकृति र राहदानीलगायत न्यूनतम आधारभूत कागजातबाहेक अध्यागमन कार्यालयमा थप कुनै कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने बताएको छ ।

वैदेशिक रोजगार विभागबाट जारी सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले बुझाउनुपर्ने कागजातका विषयमा अन्योल सिर्जना गरेको भन्दै विभागले यस्तो बताएको हो ।

विभागले भनेको छ, ‘वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायतका न्यूनतम आधारभूत कागजातबाहेक नेपाली श्रमिकहरूले नेपाल बाहिर प्रस्थान गर्दा अध्यागमन कार्यालयमा थप कुनै पनि कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ।’

विभागले भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकका सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश प्रस्थान गर्न सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij