२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सांसद विकास कोष गाउँको विकासमा उपयोग गरौँ : सांसद राजेन्द्र बजगाईं

सांसद विकास कोष गाउँको विकासमा उपयोग गरौँ : सांसद राजेन्द्र बजगाईं

काठमाडौँ- नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सांसद विकास कोषमा सांसदको तजबिज नचल्ने भएकोले यसले नकरात्मक असर नगर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईंले पहिलेको सांसद विकासको र अहिलेको क्षेत्र विकास कोषले ग्रामीण विकासमा सहयोग पुग्ने बताएका हुन्।

‘सांसद विकास कोष रुपान्तरित भएर क्षेत्र विकास कोष बनेको छ। यसमा तजबिजी चल्दैन’ उनले भने।

गोरखा-१ बाट निर्वाचित सांसद बजगाईंले क्षेत्र विकास कोषका लागि विनियोजन भएको बजेट सहरी क्षेत्रका सांसदहरूलाई आवश्यक छ भन्ने नलागे ग्रामीण क्षेत्रमा सहयोग गरेर उदार छाति बनाउन पनि आग्रह गरे।

‘सहरीया सांसदहरूलाई यो आवश्यक नहुन सक्छ,’ उनले थपे, ‘इच्छाकामना गाउँपालिकालाई अथवा काठमाडौँका मेयरलाई यो आवश्यक हुन सक्छ। त्यहाँ साथीहरूले ठूलो उदार छाती राखेर सहयोग गरे हुन्छ।’

त्यस्तै बजगाईंले १२ मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउन सभामुखमार्फत प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए।

उनले भने, ‘बूढीगण्डकी परियोजना शिलान्यास होस् भनेर सरकारालाई आग्रह गर्दछु। म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु।’

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij