२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रभु बैंक, फिसटेल लज पोखरा र अन्नपूर्ण जगतपुर लजबीच विशेष छुटसम्बन्धी सम्झौता

प्रभु बैंक, फिसटेल लज पोखरा र अन्नपूर्ण जगतपुर लजबीच विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं। लेक्सइड पोखरास्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रालि र प्रभु बैँक लिमिटेडबीच विशेष छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बुधवार प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु विष्ट र लेक्सइड पोखरास्थित फिस टेल लज पोखरा तथा जगतपुर लजका तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जन बाट सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

लेक्सइड पोखरास्थित फिस टेल लज र जगतपुर लज प्रालि प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन्।

सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले लजका सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणाली द्वारा विल भुक्तानी गर्नुपर्ने छ।

लेक्सइड पोखरा स्थित फिस टेल लज पोखरा र जगतपुर लजमार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० प्रतिशत र १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछ।

यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij