२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कांग्रेसको आन्तरिक लोकतान्त्रिक पद्दति कमजोर भइसक्यो : अजयबाबु सिवाकोटी

कांग्रेसको आन्तरिक लोकतान्त्रिक पद्दति कमजोर भइसक्यो : अजयबाबु सिवाकोटी

धनकुटा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी चिन्तनमा चिन्ता मिसिएको पाउन थालिएको बताएका छन् । नेपाली कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्ने क्रममा नेता शिवाकोटीले गाउँतहमा कांग्रेसजनकै चिन्तनले कांग्रेस बाँचेको उल्लेख गर्दै पछिल्लो समय यो चिन्तनमा चिन्ता मिसिएको पाइन थालेको बताएका हुन् ।

उनले कांग्रेसले बाटो बिराउँदै गएको प्रसङ्ग जोड्दै भने, ‘हामीले बाटो बिराएको कुरा हुन थालेको छ । संसदमा पहिलो पार्टी भएर पनि कांग्रेस किन तेस्रो पार्टीको पाउमा परेको छ ?’

चुनावमा गठबन्धन गर्नु कांग्रेसका लागि स्वभाविक नभएको दाबी गर्दै शिवाकोटीले भने, ‘प्रि–पोल यलायन्स गर्ने निर्णय भए यता चुनाव जिते पनि चयन छैन, मनमा छटपटी छ ।’

उनले लोकतन्त्रकै लागि लडेका दलका मूल नेताहरु कतै प्रतिगमनर्फ त गएका छैनन् ? भनी प्रश्न उठ्न थालेको बताए ।

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै पार्टी विधिविधानअनुसार नचल्नु दुर्भाग्य भएको जनाए ।

उनले भने, ‘हैन भने हाम्रो लोकतान्त्रिक दलमा किन आन्तरिक लोकतन्त्र कमजोर भयो ? किन विधि विधान अनुसार पार्टी संचालन भएन ?’
केन्द्रीय सदस्य शिवाकोटीले ‘कांग्रेस हाम्रो हो, कांग्रेस हाम्रो भविष्य हो’ भन्ने लक्ष्य लिएर कांग्रेस रुपान्तरणमा युवाहरु होमिनु जरुरी रहेको भन्दै कांग्रेसको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई एकपछि अर्को विवादित निर्णयमा फस्न भन्दा जनहितमा निर्णय गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij