२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कञ्चनपुरमा घाँस काट्न गएकी महिला उखुबारीमा मृत भेटिइन्

कञ्चनपुरमा घाँस काट्न गएकी महिला उखुबारीमा मृत भेटिइन्

काठमाडौँ- कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलकी ४५ वर्षीया दुर्गा थापा मृत भेटिएकी हुन।

उनी बिहीबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्। राति अबेरसम्म नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

‘उखुबारीमा लडेको अवस्थामा शव भेटिएको हो, मृत्युको कारण खुल्न सकेको छैन’, डीएसपी डाँगीले भने। उनले मादक पदार्थ खाने गरेको खुलेको छ।

अहिले शव पोस्टमार्टमका लागि अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij