२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

‘बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ, अब धरानमा पनि राखिनेछ’

‘बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ, अब धरानमा पनि राखिनेछ’

काठमाडौँ- भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तु पनि समेटेर ‘अखण्ड भारत’ नामको नक्सा राखेपछि नेपालमा ‘ग्रेटर नेपाल’को चर्चा भइरहेको छ।

सन् १८१६ मा इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि हुनुअघि नेपाल पूर्व टिस्टादेखि पश्चिम काँगडासम्म फैलिएको थियो। त्यही विशाल नेपालको नक्सालाई नै ‘ग्रेटर नेपाल’ भनिएको हो।

भारतले नेपाली भूभागसमेत समेटेर बनाएको ‘अखण्ड–भारत’ नक्साको प्रतिवादस्वरूप काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेपछि यसको चर्चा झन् चुलिएको छ। यतिबेला सामाजिक सञ्जाल यही नक्साले रंगिएका छन्।

यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने घोषणा गरेका छन्।

काठमाडौं महानगरका मेयर बालेनले आफ्नो कार्यकक्षमा त्यस्तो नक्सा राखेको समाचार सार्वजनिक भएपछि साम्पाङ पनि हौसिएका हुन्।

‘बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ’, मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij