२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

वीरगञ्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व संकलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए ।

चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड राजस्व संकलन गर्‍यो । भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व संकलनभएको थियो ।

यसैगरी, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुन रु १९ अर्ब ३४ करोड राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij