२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा भएको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने सरकारले निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन हाललाई नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, काइरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij