२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नयाँ नक्साबारे भारतले भन्यो : छिमेकी देशले कुरा बुझिसके

नयाँ नक्साबारे भारतले भन्यो : छिमेकी देशले कुरा बुझिसके

काठमाडौँ- भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साबारेमा हाम्रा छिमेकीले कुरा बुझिसकेको र समस्या नरहेको बताएका छन्। उनले नेपाल र बंगालादेशसँग त्यस विषयमा विवाद नरहेको दाबी गरेका छन्। भारतको नयाँ संसद् भवनभित्र भित्तामा राखिएको नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भू-भागसमेत समेटिएको भन्दै विरोध भइरहेको छ।

जुन विषय नेपालको संसद्‌मासमेत उठिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा यो विषय नउठाएको भन्दै प्रमुख प्रतिपक्षले विरोध गरिरहेको छ। तर भारतीय परराष्ट्रमन्त्रीले यस विषयमा नेपाल र बंगलादेशलाई स्पष्ट पारिसकिएको जानकारी बिहीबार दिएका हुन्। नरेन्द्र मोदीको नेतृत्वको सरकारको ९ वर्ष भएको अवसरका जानकारी दिनेक्रममा परराष्ट्रमन्त्रीले यस्तो बताएका हुन्।

‘छिमेकी मुलुकहरूले यो विषय बुझिसकेका भन्ने मलाई लागेको छ । यसमा कुनै ठूलो कुरा छैन’, सञ्चारकर्मीको सवालमा उनले भने,‘मलाई जानकारी भएसम्म उनीहरूले यो विषयलाई बुझिसकेका छन्। तस्बिरको मुनी असोक सम्राटको समय उल्लेख छ। ’

उनले पाकिस्तानको विषय भने यसमा फरक रहेको पनि बताए। यस मामलामा पाकिस्तानले पनि बुझ्ने छ भन्ने आशासमेत नभएको बताए । ‘पाकिस्तानसँग हाम्रो विषयमा हामी स्पष्ट छौँ। यो खाली सरकारको मात्रै होइन, पुरै मुलुक र संसद्को स्ट्यान्ड हो। यसमा परिवर्तन गर्नेको गुन्जायस छैन्।’

यही विषय बंगलादेशमा पनि चर्केपछि दिल्लीस्थित आफ्नो नियोगलाई भारतीय परराष्ट्र मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ। बंगलादेश सरकारले उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको औपचारिक जानकारी आम जनतालाई दिएको छ। केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा यसबारे भारतीय समकक्षी नरेन्द्र मोदीलाई  सोध्न नसकेको भनेर आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij