२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

लिग २ को पहिलो सिरिजका लागि नेदरल्याण्ड्स र नामिबिया नेपाल आउने

लिग २ को पहिलो सिरिजका लागि नेदरल्याण्ड्स र नामिबिया नेपाल आउने

काठमाडौं । आइसीसी क्रिकेट वल्र्ड लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ । शुक्रबार नेपाल क्रिकेट संघ क्यानले फाल्गुन ५ बाट नेपालमा सुरु हुने पहिलो सिरिज खेल्नका लागि नामिबिया र नेदरल्याण्ड्स नेपाल आउने जनाएको हो ।

क्यानले उक्त सिरिज नेपालमा हुने भनेर आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो । सन् २०२७ सम्म चल्ने लिग २ को यो दोस्रो संस्करण हो । आइसीसीका अनुसार दोस्रो संस्करणको लिग २ मा आठ राष्ट्र रहनेछन् ।

पहिलो संस्करणमा सात राष्ट्रमात्र थिए । गत संस्करणको लिग २ मा नेपालले अन्तिम १२ खेलमा ११ खेल जित्दै तेस्रो स्थानमा रहँदै एकदिवसिय विश्वकपको छनोटमा सिधै प्रवेश गरेको थियो । पहिलो स्थानमा स्कटल्याण्ड रहेको थियो भने ओमान दोस्रो स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij