२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

नेपाली क्रिकेटलाई सहयाेग गर्न तयार छाैं : महाराष्ट्रका उपमुख्यमन्त्री

नेपाली क्रिकेटलाई सहयाेग गर्न तयार छाैं : महाराष्ट्रका उपमुख्यमन्त्री

मुम्बई । भारतकाे महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटकाे विकासमा आवश्यक सहयाेग गर्न तयार रहेकाे बताएका छन् । स्वतन्त्र युवा प्रजातान्त्रिक संघकाे संयाेजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुकाे प्रतिनिधि मण्डलसँगकाे भेटमा उनले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण,व्यवसायिक क्रिकेटमा अवसर दिन सकिने बताएका हुन् ।

`नेपाल क्रिकेटसंघ (क्यान)ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिष्पर्धा गर्न सकिन्छ´, उनले भने । नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरुकाे अवस्था लगायतका विषयमा चासाे राखेका थिए ।

नेपाली पत्रकारहरुले उठाएकाे विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएकाे भ्रमणमा रहेका नेपाल प्रस युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij