२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

रोएटर्स । इरानले रियादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेको छ । मंगलबार बिहान दुई ड्रोन प्रहार हुँदा दूतावासमा आगलागी हुनुका साथै केही भौतिक क्षति भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत प्रारम्भिक मूल्याङ्कनका आधारमा उक्त जानकारी सार्वजनिक गरेको हो ।

यो घटना अमेरिका र इजरायलले गत शनिबार इरानमाथि गरेको आक्रमणपछि खाडी क्षेत्रमा जारी मिसाइल तथा ड्रोन प्रहारकै क्रममा भएको बताइएको छ । खाडी राष्ट्रहरूमा अमेरिकी सैन्य अड्डा रहेका छन् बिहानको समयमा भवन खाली रहेकाले कुनै मानवीय क्षति नभएको स्रोतहरूले जनाएका छन् ।

दूतावासका प्रवक्ताले घटनाबारे प्रतिक्रिया दिएका छैनन् भने साउदी सरकारको मिडिया कार्यालयले पनि तत्काल कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij