२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

डा. मिनेन्द्रबारे गगन थापा : समकालीन नेतामध्ये सर्वाधिक बौद्धिक र विचारवान्

डा. मिनेन्द्रबारे गगन थापा : समकालीन नेतामध्ये सर्वाधिक बौद्धिक र विचारवान्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अघिल्लो संसदले डा.मिनेन्द्र रिजाललाई सबैभन्दा धेरै मिस गरेको बताएका छन् । भिडियो सन्देश जारी गर्दै सभापति थापाले डा.रिजाल समकालीन नेपाली राजनीतिज्ञमध्ये सबैभन्दा बौद्धिक र विचारवान् नेताका रुपमा रहेको उल्लेख गरेका छन् ।

‘मिनेन्द्र रिजालले आफ्नो बौद्धिकताबाट नेपाली कांग्रेसलाई मात्रै योगदान पुर्याउनुभएको छैन देशमा जतिखेर ठूलो वैचारिक संकट आएको छ त्यो बेला नाफाघाटा नभनीकन समाजलाई एउटा दिशा दिने प्रयास गर्नुभएको छ । यस्तो व्यक्ति संसदमा हामीलाई चाहिएको छ । हामीले अघिल्लोपटक संसदमा उहाँलाई मिस गर्यौ’, सभापति थापाले भनेका छन् ।

विधिको शासन र लोकतन्त्रप्रतिको प्रतिवद्धता डा.रिजालको पुँजीका रुपमा हरेको भन्दै सभापति थापाले मोरङ २ को विकास र नागरिकका दुःख सम्बोधन गर्न व्यवहारिक राजनीतिज्ञको रुपमा रिजाल सक्रिय रहेको उल्लेख गरेका छन् ।

प्रतिनिसभा निर्वाचनमा मोरङ २ बाट नेपाली कांग्रेसको उम्मेदवार रहेका रिजाललाई जिताउन आग्रह गर्दै सभापति थापाले अब बन्ने संसदमा रिजालको उपस्थितिले विशेष अर्थ राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij