दाङ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको छ।
विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए।
उनका अनुसार डिस्प्ले बोर्ड र वेभसाइटमार्फत परिणाम सार्वजनिक गर्ने तयारी रहेको छ।
यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनीय हुने सूचना अधिकारी कुँवरले बताए।
कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ।
उनका अनुसार प्रदेश भरिकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेको छ। त्यो सम्भव नभए पनि दाङमा भने यो अभ्यास गर्ने उनले बताए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij