२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अरु दलले कांग्रेस विभाजित भएको भन्ने गलत भाष्य बनाएका मात्र हुन्, हामी एकढिक्का छौंः उपसभापति खड्का

अरु दलले कांग्रेस विभाजित भएको भन्ने गलत भाष्य बनाएका मात्र हुन्, हामी एकढिक्का छौंः उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति एवम् सुर्खेत १ बाट कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले कर्णालीमा पार्टी एक ढिक्का भएको चुनावी मैदानमा होमिएको उद्घोष गरेका छन् ।

कांग्रेसले बिहीबार सुर्खेतमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । खड्काले कर्णालीका १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसप्रति जनलहर आएकाले सबैमा चुनाव जित्ने दाबी गरे ।
उनले नेकपा एमाले, नेकपा र रास्वपा लगायतका राजनीतिक दलले कांग्रेस विभाजित भएको भन्ने गलत भाष्य बनाएर जनतामा भ्रम छर्ने काम गरेको र यो लगत भएको बताए ।

खड्काले भने, ‘हाम्रो पार्टी अहिले एकढिका भएर चुनावमा होमिएको छ । कुनै समस्या छैन । बाहिर आएको हल्ला हामीलाई कमजोर बनाउने हल्ला मात्रै हो । यसको पछाडि नलागीकन रूख चिन्हमा भोट हालेर कांग्रेसलाई विजय गराऔँ ।’

उनले आफू सुर्खेत १ को उम्मेदवार भए पनि यस क्षेत्रबाट कांगेसबाट चुनावी प्रतिस्पर्धामा रहेका सबैलाई जिताउन आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विगत २९ वर्षदेखि यातायात व्यवसायीको रूपमा सुर्खेतमा सेवा गर्दै आएका खड्काले यस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस जिताउन सबै नागरिकलाई आग्रह गरे ।

कांग्रेस कर्णालीको सुखदुःखका सारथी खड्काले भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि बदलिएर देश बदल्ने हुटहुटीसहित निर्वाचनमा होमिएको कांग्रेसलाई सहयोग गर्नसमेत उनले आग्रह गरे ।
खड्का कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij