२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छः प्रचण्ड

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुशासन माग गर्ने युवामाथि दमन गर्ने र मुलुकको राजनीतिक तथा संवैधानिक संस्थामाथि आगजनी गर्ने प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजाने संकल्प बोकेको बताएका छन् ।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन समितिद्वारा शनिबार राजधानीमा आयोजित चुनावी सन्देशसभालाई सम्बोधन गर्दै उनले इतिहासको कठिन र चुनौतीपूर्ण घडिमा नेकपा राष्ट्र र जनतालाई बचाइराख्ने र दुई अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतर्फ लैजाने दृढताका साथ अघि बढेको बताए ।

कार्यक्रममा दोलखा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार विशाल खड्काले समृद्ध दोलखा निर्माणको अभिभारा पूरा गर्न आफ्नो उम्मेदवारी भएको बताए ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणको नेतृत्व नेकपाकै अगुवाइ नै भएको उल्लेख गर्दै उहाँले नेकपाले नै जनअपेक्षा पूरा गर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij