२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कोशी प्रदेश सरकारको बजेट पारित

कोशी प्रदेश सरकारको बजेट पारित

विराटनगर । कोशी प्रदेशको बजेट पारित भएको छ । कोशी प्रदेशको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक बुधबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । सभामुख आसनमा रहेका सभाध्यक्ष इस्राइल मन्सुरीले बजेट अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको घोषणा गरे ।

मुख्यमन्त्री बनेका केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएपछि बजेट पनि पारित गराएका छन् । त्यसअघि कोशी प्रदेशका दुई प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका थिए ।

एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए। तर, उनीहरू सबैले प्रस्ताव फिर्ता लिएपछि बजेट पारित भएको हो । बजेट माथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज बिहान ११ बजेसम्मका लागि समय दिइएको थियो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते साविक बजेटको आकारमा ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका हुन्। चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट नयाँ सरकारले पारित गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij