२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

८६७ उम्मेदवारले मात्र खोले चुनावी बैंक खाता

८६७ उम्मेदवारले मात्र खोले चुनावी बैंक खाता

काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का अवसरमा उम्मेदवार मनोनयन प्रक्रियाबारे जानकारी दिन मङ्गलबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रश्नोत्तर सत्रमा सहभागी हुनुहुँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन् । शुक्रबार पत्रकार सम्मेलन गरी आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म सात दलका ८६७ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन् ।

उनले भनिन्,‘निर्वाचन प्रचारप्रसारको लागि अहिले बैंक खाता खोल्नेक्रम एकदमै बढेको छ । जिल्लाबाट आएको विवरण अनुसार अनुसार ७ (सात) राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलिसक्नुभएको छ । आइतबारसम्म धेरैजसो उम्मेदवारहरुले खाता खोलिसक्नुहुने छ भन्ने अपेक्षा छ ।’

त्यस्तै उनले हालसम्म ४१ वटा दलले घोषणा पत्र पेस गरेको जानकारी दिइन् । ‘हालसम्म घोषणा पत्र पेस गर्ने दल ४१ वटा रहेका छन् । उम्मेदवारको डाटा चाहिँ अहिलेसम्म आएको छैन’,उनले भनिन् ।

उनकाअनुसार निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । यस्तै खर्च व्यवस्थापनबारे दलहरूसँग छलफल भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij