२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी मुख्यालयबाट १६ सय जनशक्ति परिचालन

निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी मुख्यालयबाट १६ सय जनशक्ति परिचालन

काठमाडौँ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट शुक्रबार देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसैबीच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् ।

‘भर्चुअल’ माध्यममार्फत उनले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij