तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित रूम्सीमा मंगलबार अजिङ्गर फेला परेको छ। स्थानीयवासीले करिब चार मिटर लम्बाइ भएको अजिङ्गर फेला पारेका हुन्। स्थानीयले उक्त अजिंगर डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन्।
डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार अजिङ्गरलाई वन कार्यालयमा सुरक्षित रूपमा राखिएको छ। घाइते अवस्थामा रहेको अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने उनले बताए। अजिङ्गरको ढाडमा चोट छ। केही दिनमा उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाड्छौं,’ उनले भने।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij