२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

सुनसरी र मोरङ्गबाट तीन सय ३ किलो गाँजासहित एक जना नियन्त्रणमा

सुनसरी र मोरङ्गबाट तीन सय ३ किलो गाँजासहित एक जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले सुनसरी र मोरङ्गबाट करिव ३ सय ३ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको २८ वटा प्याकेटमा रहेको २८ किलो ६८० ग्राम गाँजा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म कप्तानगंजबाट खटिएको टोलीले सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाको वडा नम्बर ४ र ५ स्थित सीमा इलाकाबाट बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उक्त गाँजा लैजाँदै गरेका व्यक्ति भने गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै गाँजा छाडी फरार भएका थिए ।

त्यस्तै मोरङ्ग जिल्लाको जहदा गाउँपालिका–२ मधुमल्लास्थित परालको कुन्युमा लुकाई छिपाई राखेको ९ वटा पोकामा रहेको करिव २ सय ७५ किलो गाँजासहित सोही गाउँपालिका–१ बस्ने २८ वर्षीय चन्दन साहलाई नियन्त्रणमा लिइएको छ ।

उक्त स्थानमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले उनलाई सो गाँजासहित नियन्त्रणमा लिएको हो । नियन्त्रमा लिइएका उनलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij