२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

फेवातालमा कार खस्दा चालकको मृत्यु

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।

घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।

कार चालकले नियन्त्रण गुमाइ कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा कालिका गणबाट खोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

गोताखोर टोलीले अचेत अवस्थामा चाकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रहरीले क्रेनको सहायताले सवारीसाधन घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बैदाम लगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij