२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

कमेडियन अपूर्वक्षितिजलाई १० हजार जरिवाना

कमेडियन अपूर्वक्षितिजलाई १० हजार जरिवाना

काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा सिंहलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो गर्दै आएका सिंहले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए । थुनछेक बहसपछि उनलाई जिल्ला अदालतले दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij