२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

३० हजार घुससहित प्रहरी नायब निरीक्षक अख्तियारको नियन्त्रणमा

३० हजार घुससहित प्रहरी नायब निरीक्षक अख्तियारको नियन्त्रणमा

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायब निरीक्षक साउदले लागुऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिइरहेका बेला पक्राउ गरेको हो ।

बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले साउदलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij