काठमाडौं- संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेका छन्। उजुरी दिनेमा बहालवाला जिल्ला न्यायाधीश पनि छन्।
न्यायाधीश डाक्टर श्रीकृष्ण भट्टराईले कार्कीमाथि प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत र ल्याकत नभएको दाबी गर्दै उजुरी दिएका छन्।
कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा इमेल, चिठी र आफैँ उपस्थित भएर ११ वटा उजुरी परेको हो। समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। जेठ २६ गतेसम्म थप उजुरी आउन सक्ने समितिले जनाएको छ। तर, कस्ता उजुरी परेका छन् भन्ने समितिले सार्वजनिक गरेको छैन। उजुरी पहिचान गरेपछि सदस्यहरूले सुनुवाइका क्रममा कार्कीसँग सोध्न सक्ने छन्।
कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij