२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

झापामाथि इलामको जित

झापामाथि इलामको जित

काठमाडौँ ।  स्पोर्टिङ इलाम फुटबल क्लबले झापा एएफसीलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको  खेलमा इलामले झापालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी अमाथ एनडाले गरेको एक गोल इलामका लागि निर्णायक गोल साबित भयो । उनले खेलको ८७औँ मिनेटमा गोल गरे ।
त्यसअघि खेलको ८२औँ मिनेटमा इलामले पेनाल्टी पाएको थियो । तर अमाथ पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । योगेश गुरुङले पेनाल्टी क्षेत्रभित्र भरत खवासलाई लडाएपछि रेफ्री उमेश बिडारीले पेनाल्टी दिएका थिए । तर अमाथको प्रहार पोस्टभन्दा  माथिबाट बाहिर गयो ।
दुई खेल खेलको इलामको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा इलाम काठमाडौँ रेजर्ससँग १–० गोलअन्तरले पराजित भएको थियो । मंगलबार फुटबल क्लब चितवन र काठमाडौँ रेजर्स फुटबल क्लबबीच खेल हुनेछ । उक्त खेल साँझ ५ः३० बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij