२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता

कांग्रेसको केन्द्रीय लेखा समितिले पायो पूर्णता

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले दुई वर्षपछि पूर्णता पाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले सोमबार चार सदस्य मनोनयन गरेर समितिलाई पूर्णता दिएका हुन् । समितिको सदस्यमा धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अन्नत कार्की मनोनित भएका छन्।

देउवाले समितिको संयोजकमा यसअघि नै श्यामकुमार घिमिरेलाई मनोनित गरेका थिए । समितिले लेखा परीक्षक नियुक्त गरी आय व्ययको वार्षिक विवरण लेखा परीक्षण गराइ प्रतिवेदन केन्द्रीय कार्यसमितिमा बुझाउँछ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij